
आर्टिष्ट खबर/ माघ, काठमाडौं ।
नेपाल आइडलका प्रताप दास र भावना आचार्यको स्वर रहेको 'मुलको पानी' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा चर्चित अभिनेता तथा मोडल पल शाह र मोडल निशा पुरी फिर्चड छन् । सार्वजनिक भए लगत्तै यस गीतको भिडियोले राम्रो प्रतिक्रिया पाईरहेको छ ।
दिपक शर्माको शब्द संगीतमा तयार भएको गीत देबेन्द्र पाण्डेको निर्देशनमा तयार हो । गीतको कोरियोग्राफी पनि स्वयम निर्देशकले नै गरेका छन् । यसअघि ‘बग्ने खोला बगी गो’ बोलको गीतको भिडियो ल्याएर चर्चा बटुलेकी भावनाले यस गीतका लागी निकै मिहिनत गरेको बताइन् ।
‘मैले दर्शकलाई गीतकालागी केही समय कुराँए । मैले राम्रो गीत ल्याउँछु बरु ढिलो ल्याउँछु भनेरै यतिका समय लगाएकी हुँ, आशा छ दर्शकलाई मनपर्नेछ ।’ भावनाको यो लोक भाकाको गीतमा माघ महिनामा पलले विबाहको कुरा गर्दा उनलाई निशा पुरीले साथ दिएकी छिन् ।
song:
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नयाँ चलचित्र ‘२ नम्बरी’को प्रदर्श
August 09, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अमेरिकाको एटलान्टामा ४ देखि ७ अगष
August 09, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: