टंक बुढाथोकीको अर्को धमाकेदार गीत 'रेवन चस्मा' सार्बजनिक (भिडियो)

Posted on: February 03, 2019
आर्टिष्ट खबर, माघ, काठमाडौं ।

लोकप्रिय गायक तथा संगीतकार टंक बुढाथोकीकोले एकपछि अर्को गर्दै हिट गीत दिइरहेका छन् । टंकको 'मन बिनाको धन ठुलोकी घन बिनाको मन' बोलको गीत सर्वाघिक हिटभए सँगै आमाको महत्व दर्शाइएको 'चौरीको चाम्रो छुर्पी' बोलको गीतले पनि सर्वाधिक दर्शक श्रोताको मन जित्न सफल भयो । 


यस लगत्तै उनले अर्को नयां गीत सार्बजनिक गरेका छन् । शुक्रबार उनले आफ्नै अफिसियल युटुबबाट 'रेवन चस्मा‘ बोलको गीत सार्बजनिक गरेका हुन । चौरीको चाम्रो छुर्पी लगायत अन्य गीतहरुलाई झै 'रेवन चस्मा‘बोलको गीतलाई पनि दर्शक स्रोताले मन पराउने कुरामा टंक बिश्वस्त छन । टंकको आफ्नै शब्द, संगीत र स्वर रहेको यस गीतमा उनलाई गायनमा निरुता बानियाले साथ दिएकी छिन । गीतको भिडियोमा दुई जना बाल कलाकार सहित चर्चित मोडल एलिसा राई र टंक स्वयम फिर्चड छन् ।

song:







Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]