
आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।
शान्तिप्रियको शब्दमा जन्मदिनको अवसर पारेर शुसिलाले ल्याइन ‘यो केटिले मुस्काएर देशैखाने भई’ गायिका शुसिला पाठकले जन्मदिनको अवसर पारेर नयाँ गीत स्रोता दर्शकमाझ ल्याएकी छन् । सोमबार उनले राजधानीमा एक कार्यक्रमकाबीच ‘यो केटिले मुस्काएर देशैखाने भई...’बोलको गीत स्रोता÷दर्शकमाझ ल्याएकी हुन् । गीतलाई सङ्गीतकार शिलाबहादुर मोक्तान, राजु सिंह, गीतकार शान्तिप्रियलगायतले सार्वजनिक गरेका थिए । शान्तिप्रियद्वारा लिखित यो गीतमा दीपक शर्माको सङ्गीत छ भने उदयराज पौडेलको सङ्गीत संयोजन ।
सचिन थापाले निर्देशन गरेको गीतको भिडियोमा गायिका सुशिलालाई अभिनयमा बिशाल थापा र समिक्षा पोखरेलले साथ दिएका छन् । सचिनकै छायांकन रहेको भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका छन् । भिडियोमा तन्नेरीहरु रमाउदै आफ्नो काममा लागिपरेको कुरा देखाईएको छ । गीत सार्वजनिक कार्यक्रममा सुशिलालाई जन्मदिनको शुभकामना दिन उनका साथीभाई, आफन्त, शुभचिन्तक र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिती थियो ।
सुशिलाका यसअघि तीन भिडियो र एउटा एल्बम आईसकेका छन् । एक दर्जनभन्दा बढि फुटकर गीत बिभिन्न एल्बममा गाईसकेकी छिन् । यतिबेला दोस्रो एल्बमको तयारीमा रहेको उनले बताइन । कार्यक्रममा उपस्थित भएर आफुलाई हौसला दिने सबैलाई सुशिलाले धन्यबाद ज्ञापन गरेकी थिइन ।
song:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: