
आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।
गायक पुरुषोत्तम सुवेदीले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘जब जब तिमी आयौं’ बोलको सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द छ भने पुरुषोत्तमकै संगीत रहेको छ । एक प्रेमीले प्रेमिकालाई माया पाएपछि व्यक्त गरेको भावलाई यो गीतमा उठान गरिएको छ । गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका बर्षा सिवाकोटीलाई फिचरिङ गरिएको छ ।
विधान कार्कीले निर्देशन गरेको यो गीतको भिडियो अर्जुन तिवारीले खिचेका हुन् । भिडियोमा कमल प्रसाइको ड्रोन, सुप्रिम पराजुलीको सम्पादन छ । पछिल्लो समय चलचित्रमा ब्यस्त नायक आकाश र नायिका वर्षाको जोडी पनि भिडियोमा गज्जब देखिएको छ । भिडियोमा आएका अधिकांश प्रतिक्रियालाई हेर्ने हो भने सुहाएको जोडी भन्ने प्रतिक्रिया धेरै देखिन्छ ।
video:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: