अराजको हिन्दी गीत 'आभिजा' (भिडियो)

Posted on: March 27, 2019
आर्टिष्ट खबर/ चैत, काठमाडौं । 

नेपालका चर्चित गायक तथा र्‍यापर अराज केशवले नेपाली गीतसँगै हिन्दी भाषाको गीतमा पनि स्वर दिएका छन् । केहि समय पहिले उनको हिन्दी गीत 'आ भि जा' भारतको म्यूजिक कम्पनी डिजिट्युन्स मार्फत सार्वजनिक भएको थियो ।


शब्द, संगीत तथा स्वर आफ्नै रहेको गीतमा एक भिडियो पनि बनेको छ । रवि चन्द र निशा सुवेदीको अभिनय रहेको भिडियोमा अराज आफ्नै निर्देशन रहेको छ भने भिडियो सम्पादक मनोज कार्की हुन् ।


यो गीत अराजको नेपाली भर्सन 'आउछयौकी'को हिन्दी भर्सन हो । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]