सुनिल र आँचलको ‘नम्बरी चप्पल’ (भिडियो)

Posted on: March 30, 2019
आर्टिष्ट खबर/ चैत, काठमाडौं । 

गीत संगीतमा लामो समयदेखि सक्रिय रहँदै आएका गायक रमेश कुमार श्रेष्ठले ‘नम्बरी चप्पल’ बोलको आधुनिक गीत ल्याएका छन् । उनले पछिल्लो समय आधुनिक गीतमा विशेष जोड दिएका छन् । ओएसआर युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा कृष्ण कुमार राईले शब्द र संगीत भरेका छन् ।


सुनिल क्षेत्री र आँचल शर्मा फिर्चड रहेको म्युजिक भिडियोको निर्देशन शिशिर श्रेष्ठले गरेका छन् भने कोरियोग्राफर निश्चल केसी छन् । जनता डिजिटल फिल्मसको पोष्ट प्रोडक्सन रहेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र अमृत चापागाइँको सम्पादन रहेको छ ।

song:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]