
आर्टिष्ट खबर/ चैत, काठमाडौं ।
पहिलो गीत ‘बालापनको उमेर’बोलको गीतबाट चर्चामा आएकी गायिका समिक्षा अधिकारीको तेस्रो गीतको सुटिङ सकिएको छ । समिक्षाको ‘ब्युटि ब्युटि’ बोलको गीतको भिडियोको बिहीबार छायांकन सकिएको हो । गीतमा सर्बिन बोगटीको स्वर र सगोत्री आचार्यको शब्द र टंक बुढाथोकीको संगीत रहेको छ । यस्तै भिडियोमा मोडल सुनिल क्षेत्री, सुष्मा खड्का लगायतको अभिनय रहेको छ ।
‘गीत निकै राम्रो बनेको छ त्यसैले भिडियोमा पनि मिहिनत गरिरहेका छौं’ संगीतकार टंकले भने । गीतको निर्माताको रुपमा गायक स्वयम रहेका छन् । गायिका समिक्षाले आफ्नो यसअघिका दुईगीत जस्तै यसगीतलाई पनि दर्शकले मन पराउनेमा आशावादी रहेको बताइन् । ‘गीत निकै राम्रो बनेको छ, आशा छ दर्शकले पहिलाका दुई गीत जस्तै यसलाई पनि माया गरिदिनुहुनेछ’ समिक्षाले भनिन्।
यस्तै गायक सर्बिन ले पनि यसअघि केहि देउडा गीत गाएको बताए । उनी भन्छन् ‘यसअघिका गीत दर्शकमाझ खासै पुग्न सकेका थिएनन् होला, यो गीतले मेरो गायन करिअरमा परिवर्तन ल्याउँछ भन्नेमा ढुक्क छु’ ।संगीतका टंकका अनुसार एक साता भित्रमै गीतको भिडियो सार्वजनिक गरिने बताए । ‘भिडियो सकेसम्म छिटो सार्वजनिक गर्ने तयारीमा छौं ।’ टंकका अनुसार भिडियो स्टुडियो ९ कै अफिसियल युट्युवबाट सार्वजनिक हुनेछ ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । भगवान श्रीकृष्णको जन्मदिन अर्थात
August 15, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अभिनेता तथा निर्माता विक्रम डि जो
August 15, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: