
आर्टिष्ट खबर/ चैत, काठमाडौँ ।
गायक सन्दिप न्यौपानेको ‘लालुमै’ गीतले युट्युवमा करोड भ्यु पाएको छ । सार्वजनिक भएको छोटो समयमै युट्युबमा सकारात्मक प्रतिक्रियासँगै १ करोड भन्दा बढी दर्शकले हेरेका छन् ।
गायक तथा मोडल सन्दिप न्यौपाने र लोक गायिका बिष्णु माझिको स्वरमा रहेको यो गीतमा शिब हमालको शब्द तथा संगीत छ । गीतको एरेन्ज आशिस अविरलले गरेका हुन् । नेपाली सांगीतिक बजारमा छोटो समयमै यो गीतले यति धेरै दर्शक पाउदा गीतको निर्माण पक्ष आफुलाई हौसला मिलेको बताउछन् । लोक शैलीको म्युजिक भिडीयो प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडीयोमा गायक न्यौपाने र मोडल सृष्टि खड्का नृत्य तथा अभिनय गरेका छन् ।
यसअघि ‘उहि खोलीको पानी’ र ‘सालको पात’ बोलको लोक गीत पनि करोड क्लबमा प्रवेश गरिसकेका छन् ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: