टंकको 'सपना' लोकप्रिय बन्दै (भिडियो)

Posted on: May 20, 2019
आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

गायक तथा संगीतकार टंक बुढाथोकीको नयाँ गीत ‘सपना’ले लोकप्रियता कमाउँदै छ । तीन दिन अघि टंक र बाल गायक अशोक दर्जीको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको यस गीत अहिले यो समाचार तयार पार्दा सम्म नेपालको युट्युव ट्रेन्डिंङको ३४ औं स्थानमा बसेको छ । 

नेपाली गीतसंगीतको क्षेत्रमा फरक किसिमको गीत ल्याएर लोकप्रिय बन्दै गएका टंकको यो गीत पनि फरक बनेको छ । फिल्मीशैलीको यो गीतमा मोडल दुर्गेश थापा र बाल कलाकार एआर बुढाथोकीको अभिनय रहेको छ । साथै उनीहरुलाई अन्य कलाकारहरुले साथ दिएका छन् । गीतमा टंक आँफैको शब्द तथा संगीत रहेको छ ।

टंकले आफ्नो जन्मदिनको उपलक्ष्यमा आफ्ना दर्शकहरुका लागी उपहार स्वरुप नयाँ गीत ल्याएको बताए । 

video:



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]