प्रताप दासको नयाँ गीत रिलिज (भिडियो)

Posted on: June 29, 2019
आर्टिष्ट खबर/ असार, काठमाडौं । 

गायक प्रताप दासको नयाँ गीत  ‘जुनसँग दाँजी हेरेँ’ सार्वजनिक गरिएको छ । नेपाल आइडल सिजन १ का सेकेन्ड रनर अप प्रताप दासको साथमा गीतमा गायिका पुजा सुनारले साथ दिएकी छिन् । 

गीतमा इन्द्र आर पीको शब्द संगीत रहेको छ भने बिनोद केसीको निर्देशन तथा छायांकन रहेको छ । भिडयोको सह निर्देशनमा मिलन मिश्रले गरेका छन् । सार्बजनिक गीतका संगीतकार इन्द्र आर पीले उत्कृस्ट संगीत शृजना गरेका छन् र उक्त गीतमा प्रताप दास र पुजा सुनारले खुलेर गाएका छन् । गीत अनुसार अष्ट्रेलियामामा खिचिएको भिडियो पनि उत्कृस्ट बनेको छ । भिडियोमा  देव बहादुर नेपाली र सुरबी मानन्धरलाइ फिचर्ड गरिएको छ । कृष्ण भण्डारीले सम्पादन गरेको भिडियोमा कलाकारलाई नचाउँने काम किरण थापा मगरले गरेका हुन्।  

video:



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]