आर्टिष्ट खबर/ असार, काठमाडौं ।
हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तीज आउँन अझै एक महिना बढी समय बाँकी रहेको छ । तर हाम्रा गायक गायिकालाई भने गीत लागि सकेको छ । उनीहरुले अहिले तीजका लागि बनाएको गीत संगीत धमाधम सार्वजनिक गर्न थालेका छन् ।
यस्तैमा प्रत्येक बर्ष फरक फरक खालका तीज गीत सार्वजनिक गर्दै आएकी गायिका लक्ष्मी आचार्यले यो बर्ष ‘फुङ्गालेर माइती देश’ बोलको नयाँ तीज गीत सार्वजनिक गरेकी छन् । लोक शैलीमा तयार गरिएको गीतमा उनले घरको काम काज र तीजमा महिलालाई हुने उत्साहका बिषय गीतमा समेटेकी छन् । बिष्णु न्यौपानेको शब्द संगीत रहेको गीत माथी आकर्षक म्युजिक भिडियो पनि तयार गरिएको छ । थुप्रै कोरस प्रयोग गरिएको भिडियोमा गायिका आचार्यकै अभिनय देख्न सकिन्छ। करण चैसिरको छायाँकन, प्रविन भट्टको सम्पादन रहेको गीतको भिडियो मौसम हिमालले निर्देशन गरेका हुन् । पुरानो शैलीको गाउको घरको लोकेसनमा खिचिएको भिडियोले गीतलाई सिगार्ने काम गरेको छ ।
song:
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: