आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
गायिका तृप्ती खड्का, रेस्मा केसी र गायक संदीप न्यौपानेको तिज गीत 'नेटो काटमकी यसपाली' गीत सार्वजनिक भएको छ। पार्वती थापाको शब्द र गायिका तृप्ती खड्काकै लय सृजना रहेको यस गीत युएस खबर नेटवर्कको युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।बिक्रम चौहानले निर्देशन गरेको यस गीतको भिडियोमा लालुमाई गीतबाट चर्चामा आएका गायक तथा मोडल संदिप न्यौपाने तथा मोडल बिजय गुरुङ र पछिल्लो समय चर्चामा रहेका मोडलद्वय अन्जली अधिकारी र करिस्मा ढकालको अभिनय रहेको छ। उद्धव राज सिलवाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको 'नेटो काटमकी कि यसपाली' गीतमा उमेर,प्रेम र घर माईतीको प्रसंगलाई तिजको मौलिक लयमा कलात्मक रुपले प्रस्तुत गरिएको छ । बालाजु क्षेत्रमा छायांकन गरिएको यस गीतको भिडियोलाई प्रकाश खड्काले छायाँकन गरेका हुन् ।
उद्धव राज सिलवाल प्रोडक्सनका प्रवन्धक अमेरिका टेक्सस निवासी उद्धव राज सिलवालले नेपाली गीत संगीतको महत्व प्रवासमा अझ धेरै महशुष हुने र आफ्नो तर्फवाट यस क्षेत्रको लागि सक्दो सहयोग गर्नु आफ्नो कर्तव्य सम्झेको बताएका छन् । यस अघि पनि उद्धव राज सिलवाल प्रोडक्सनको ब्यानरमा 'कान्छि हे कान्छि' र 'कुम जोडी'गीत सार्वजनिक भएका छन् । अमेरिकाबाट सञ्चालित अनलाईन पत्रिका युएस खबरको आधिकारीक युटुव च्यानल 'यूएस मिडिया नेटवर्क'बाट बजारमा आएको यस गीतबारे यूयस खबरका संचालक किशन रेग्मीका अनुसार तिज अघि आउने साउन महिना हिन्दुधर्मालम्वीका लागि र बिषेशत महिला दिदीबहिनीहरुका लागि महत्व बोकेको महिना भएकाले साउने संक्रान्तीको दिन र स्रावणी मेला सुरु भएको दिन पारेर यो गीत सार्वजनिक गरिएको हो।
song:
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: