आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
सञ्चारकर्मी गीता अधिकारीद्धारा लिखित ‘तीजैमा ब्रत बसी’बोलको तीज गीत सार्वजनिक गरिएको छ। मिलापको प्रस्तुतिमा गीता अधिकारीको शब्द रहेको गीतको भिडियो पनि राजधानीमा एक कार्यक्रमका बिच प्रिमियर गरियो । नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा र नायिका पुजना प्रधान, सारिका र गीतालगायतका कलाकारको अभिनय रहेको तीज गीत ‘तीजैमा ब्रत बसी’को भिडियो गीताकी आमा यमकुमारी अधिकारीको प्रमुख आतिथ्यता र नेपाली पहिलो रङ्गीन चलचित्र आमाकी अभिनेत्री चैत्यदेवी, किर्तिमानी गीतकार डा. डीआर उपाध्याय, बरिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, गीताकार तथा सञ्चारकर्मी शान्तिपृय, गायक सिताराम पोखरेल, सङ्गीतकार राजु सिंह, गीतकार संघका महासचिव वसन्त वित्यासी थापालगायतको आतिथ्यतामा सार्वजनिक गरिएको थियो ।
गीत सार्वजनिक कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अतिथिहरुले गीत मौलिक तीज गीत रहेको र गीतको भिडियो पनि उत्कृष्ट रहेको बताएका थिए ।नारायण रिजालले निर्देशन गरेको गीतको भिडियोमा योगेश काजीको लय सङ्कलन तथा एरेन्ज, एचवीन किस्मतको अडियो मिक्सिङ रहेको छ । गीतको भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ले छायाँकन गरेका छन् । रामसिंह भाटको उपसम्पादन रहेको भिडियोमा सञ्जु ढकालको श्रृङ्गार रहेको छ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: