आर्टिष्ट खबर/ साउन, काठमाण्डौ।
लोक गायक धर्मराज पोखरेलको ‘क्यारम त नि खोई’ बोलको नयाँ तीज गीत सार्वजनिक गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका लोक गायक पोखरेलको यस तीज गीतमा सुरेश रमण अधिकारीको लय शब्द रहेको छ भने स्वरमा पोखरेलसँगै लोकप्रिय लोकगायिका देवी घर्ती मगरले साथ दिएकी छिन् ।
जागिरे श्रीमान र घर गृहस्थी सम्हालेकी श्रीमान श्रीमतीबीच एकै दिन छुट्नु पर्दा श्रीमानलाई हुने पिडालाई गीतमा समावेश गरिएको छ । एक दिन भए पनि तीजमा माइत जान्छु भनेर श्रीमानलाई गीतमा श्रीमतीले अनुरोध गर्छिन् । एकै दिन पनि महिना दिन लाग्ने भन्दै श्रीमतीलाई फकाउने श्रीमानको शैलीलाई गीतमा उतारिएको छ। गीतको भिडियोमा लोक गायक पोखरेल, मोडल शंकर वि.सि, करिष्मा ढकाल, सुवास गजुरेल लगायतले अभिनय गरेका छन् । लोक गायक पोखरेलको दुई दर्जन बढी लोकगीत सार्वजनिक भइसकेको छ । भर्खरै सार्वजनिक भएको ‘यति कुरा था छ कि था छैन’ बोलको लोकगीत सवैभन्दा रुचाइएको गीत हो ।
song:
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: