आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा तीजका गीतहरु बजारमा सार्वजनिक हुने क्रम तिव्र छ। दिनानुदिन धेरै तीजका भाकाहरु नेपाली संगीत बजारमा सार्वजनिक भइरहेका छन। यसै बिचमा पृथक शैलीमा रहेको बिल्कुलै नयाँ तीज गीत 'टिनको वाकस' सार्वजनिक गरिएको छ। प्रतीक्षा वाग्ले र सुरज सापकोटाको प्रस्तुती रहेको उक्त गीतमा तेजश रेग्मी र प्रतीक्षा वाग्लेको सुमधुर आवाज रहेको छ भने गीतमा लय र शब्द तेजश रेग्मीको रहेको छ।
गीतमा आशिष अविरलको एरेन्ज, एचवीएन किस्मतको मिक्सिङ रहेको छ। सुन्दा पृथक अनि नाँचौ नाँचौ लाग्ने गीतमा बर्दियाली मोडल सुनिल शाही , तेजश रेग्मी,पुजन घिमिरे र एलिना ठकुरीको नृत्य देख्न सकिन्छ। गायिका प्रतीक्षा वाग्लेको यस भन्दा अघि पनि तीज गीत र दोहोरि गीत सार्बजनिक भई सकेको छ।
song:
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: