
आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
गुरुआमा फिल्मसको प्रस्तुतिमा स्मृति तिमिल्सिनाको यस बर्षको तीज गीत दिदि भाई ३ (टुहुरी भान्जी) सार्वजानिक भएको छ । गायक खुमन अधिकारी र स्मृति तिमिल्सिनाको आवाज रहेको यस गीतको लय गायक खुमन अधिकारी स्वयंले गरेका छन् । सबैलाई रुवाउने खालका शब्दका रचना सर्जक बिष्णु न्यौपानेले गरेका हुन्।
बिगत तीन बर्ष देखि लगातार सार्वजनिक हुदै आएको गीत दिदि भाईको तेश्रो संस्करणको रुपमा दिदि भाई तीन यो बर्ष सार्वजनिक भएको हो । यस गीतमा सुस्मिता सापकोटा र महेन्द्र गौतमले अभिनय गरेका छन् । निर्देशन भने गायिका तिमिल्सिना आफैंले गरेकी छन् । तीज पर्व नजिक आउँदै गर्दा नेपाली सांगेतिक बजारमा बिभिन्न नयाँनयाँ गीतहरु आइरहेका छन्।
song:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: