बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’

Posted on: October 19, 2019
आर्टिष्ट खबर/ कात्तिर्क, काठमाडौं । 

नेपाल आइडल प्रतियोगी बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक गरिएको छ । भिडियो सहित सार्वजनिक गीतमा उनलाई स्वरमा भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म पुग्न सफल प्रतियोगी सम्झना पाण्डेले साथ दिएकी छन् ।

बैँशालु उमेरमा रहेका प्रेमी जोडीको माया प्रेमको कथा देखाउने प्रयास गरिएको भिडियोमा गायिका सम्झनाले मोडल निराजन प्रधानसँग रोमान्स गरेकी छन् । गहिरो प्रेममा रहँदा प्रेमी जोडीले गर्ने क्रियाकलाप भिडियोमा देखाइएको छ ।

 भूपेन्द्र महतको शब्द, हरि लम्सालको सङ्गीत रहेको गीतको भिडियो शान थापाले निर्देशन गरेका हुन् । अर्जुन तिवारीले छायाँकन गरेको भिडियोमा नकुल खड्काको सम्पादन र राजिव समिरको कोरियोग्राफी रहेको छ ।   




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]