सुनिलको ‘जाम क्यारे माया’लाई १४ लाखको साथ

Posted on: November 27, 2019
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

गायक सुनिल गिरी र गायिका मेलिना राईको स्वरमा सार्वजनिक भएको ‘जाम क्यारे माया’ले माया बटुलिरहेको छ । गएको ७ नोभेम्बरमा युट्युवमार्फत सार्वजनिक गरिएको यो गीतले अहिलेसम्म १४ लाख बढी भ्युज पाइसकेको छ भने ३३ हजार बढी लाइक र २४ सय बढी प्रतिक्रिया आएका छन् । यसरी पछिल्लो समय सार्वजनिक भएका गीतहरुको तुलनामा यो गीतलाई दर्शकले छोटो समयमा धेरै हेरेका हुन् । 

सुनिलको फरक कौरा गीतमा आफैले शब्द भरेका छन् । गीतको भिडियोमा गाउँ घरमा खेलीने कौराको दृश्य र युवायुवतीको ब्यङ्ग्यात्मक शैलीलाई देखाइएको छ । भिडियोमा सुनिल स्वयंम र मोडल उर्मिला गुरुङका साथ देखिएका छन्। मनाङ गुरुङको कोरियोग्राफी, अनिल कृष्ण मानन्धरको छायाँकन रहेको भिडियो पवन सिम्खडाले सम्पादन गरेका हुन् ।

सुनिलले छोटो समयमै गीतलाई दर्शक तथा स्रोताले मन पराएकोमा खुसी ब्यक्त गरेका छन् । 

Video:



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]