रामकुमारको नयाँ गीत 'कालापानी हाम्रै हो'

Posted on: December 05, 2019
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । 

गायक रामकुमार कार्कीले ‘कालापानी हाम्रै हो’बोलको गीत सार्वजनिक गरेका छन् । भारतले नेपाली भूमि मिचेको कुरालाई गीतमा उतारेका रामकुमारले गीतबाटै सन्देश फैलाउन चाहेको बताउँछन् । उक्त देशभक्ति गीतमा रामकुमारसँगै राजेन्द्र कुमार कार्की, रामकुमार पौडेल, कमला खड्का र पुजा विश्वकर्माले पनि स्वर दिएका छन् । 

गीतमा राजेन्द्र कुमार कार्कीको शब्द छन् भने रामकुमार पौडेलले संगीत भरेका हुन् । यस्तै गीतमा राकेश सोनीको एजेन्ज रहेको छ । बिक्रम मगरले मिक्सिङ गरेको गीत मन्जरी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । 

Video:



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]