नेफ्टा अवार्डः दिपेन्द्र के खनालले उत्कृष्ट निर्देशकको अवार्ड पाएनन्, उत्कृष्ट फिल्मको अवार्ड लिएनन्

Posted on: December 24, 2016

पुस, काठमाडौं । शुक्रबार दुबईमा सम्पन्न नवौं नेफ्टा अवार्ड कार्यक्रममा उत्कृष्ट चलचित्रमा 'पशुपति प्रसाद'ले पायो । अवार्ड समारोहमा नेपालबाट दुबई पुगेका पशुपति प्रसादका निर्देशक दिपेन्द्र के खनालले उत्कृष्ट चलचित्रको अवार्ड भने थाप्न गएनन् । निर्देशक दिपेन्द्र स्टेजमा नगएपछि कलाकार दीपकराज गिरी अवार्ड लिन स्टेजमा पुगेका थिए ।

dipendra-k-khanal पशुपति प्रसाद चलचित्रले नेफ्टा अवार्डमा उत्कृष्ट चलचित्रको अवार्ड मात्र पाउन सफल भयो । निर्देशक बिधाको अवार्ड भने चलचित्र ‘वडा नम्बर ६’बाट उज्ज्वल घिमिरेले पाए । चलचित्र उत्कृष्ट हुनका लागि अन्य केहि महत्वपूर्ण विधामा पनि उत्कृष्ट पर्ने भन्दै निर्देशक खनालले आफुनो ‘इथिक्स’ले नदिने भन्दै अवार्ड लिन नगएको वुझिएको छ ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]