पार्टि प्रवेशमा आर्टिस्ट: सुन्दर खनालको एक ब्यड्ग्य भिडियो

Posted on: December 26, 2016

पुस, काठमाडौं । नेपाल चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापा केहि समय अघि राप्रपामा प्रवेश गरिन् । यो भन्दा अघि माओवादीमा प्रवेश गरेकी रेखाले अहिले राप्रपा आफुलाई मन पर्ने पार्टि भएको बताउदै राप्रपामा राप्रपाका अध्यक्ष कमल थापाको हातबाट टिका र माला लगाउदै पार्टिमा प्रबेश गरिन् । sundar-khanalहुनत यसअघि पनि रेखाथापा माओवादीमा जाँदा निकै चर्चा भएको थियोे । एक्कासि उनले माओबादी छाड्दै राप्रपामा प्रबेश गर्दा सबै दंग परे । उनले अहिलेसम्म माओबादि छाड्नुको कारण बताएकि छैनन् । बरु उनले त माओबादी प्रबेश गरेकै थिईन् समेत भन्न भ्याईन् ।

-

रेखा मात्रै होईन् धेरै कलाकारहरु अहिले पार्टि प्रबेश गर्ने तयारिमा छन् र केहि दिन अघिमात्र दर्जन कलाकारहरु नेपाली कांग्रेस पार्टिमा प्रवेश गरीसेका छन् । यसैबिच यिनै सेरोफेरोलाई लिएर हाँस्यकलाकार सुन्दर खनालले एक ब्याड्ग्य भिडियो तयार गरेका छन् । जुन तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।

भिडियो स्रोतः सिसिएन टिभि



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]