पुस, काठमाडौं । नेपाली भाषा–साहित्यसेवी कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा निधन भएको छ ।
मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्षसमेत रहेका दीक्षितको आज (पुस १४) बिहान २ः४५ बजे ललितपुरमा निधन भएको हो ।
केही महिना यता दीक्षितको श्वास प्रश्वास प्रकृयामा समस्या देखिएको थियो। पिता केदारमणि आचार्य तथा माता विद्यादेवी दीक्षितका माहिला पुत्रका रूपमा १९८६ भदौ, कुशे औँसी ९सन् १९२९ अगस्त २० का दिन काठमाडौंको गैरीधारामा उनको जन्म भएको थियो ।
-
दीक्षितका आफ्ना सिर्जना र सम्पादित पुस्तक गरी ७५ भन्दा बढी कृति प्रकाशित छन् । विशेष गरेर साहित्यिक अनुसन्धानमा चाख राख्ने उनका ‘यस्तो पनि’, ‘कालो अक्षर’, ‘कागतीको सिरप’, ‘चार कन्था’, ‘शाखा सन्तान’ लगायत कृति उल्लेख्य छन् । -
मदन पुरस्कार गुठी र मदन पुरस्कार पुस्तकालयका संस्थापक तथा अध्यक्ष रहेका दीक्षित विभिन्न सामाजिक, साहित्यिक, शैक्षिक र व्यावसायिक संघसंस्थामा सक्रिय थिए । मदन पुरस्कार गुठीबाट प्रकाशन हुने नेपाली त्रैमासिक पत्रिकाको वि. सं. ०१३ देखि सम्पादन गर्दै आएका थिए । -
यससँगै उनी मदन मेमोरियल स्कुल, साझा प्रकाशन, गोरखापत्र संस्थान, रोटरी क्लब, जनक(जानकी सभा, बीपी कोइराला संग्रहालय समिति, बीपी कोइराला नेपाल-भारत प्रतिष्ठान आदि जस्ता दर्जनौं भाषिक, साहित्यिक, सांस्कृतिक संस्थाहरूमा सक्रिय थिए । -
दीक्षितको अन्त्येष्टी आज बिहान ७ बजे पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ । उनका तीन सन्तान छन् । छोराहरु कुन्द दीक्षित र कनकमणि दीक्षित तथा छोरी रूपा जोशी पत्रकारितामा क्रियाशील छन् । पत्नी अञ्जु पौडेलको गत वर्ष पुस ३ गते निधन भएको थियो ।
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । लोकप्रिय गायिका सिन्धु मल्लको आज
February 27, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । लोकप्रिय गायक घमेश दुलालको
February 27, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: