धादिङको गल्छीमा चलचित्र सुटिङ युनिटको गाडि दुर्घटना, ५ जना घाइते

Posted on: December 29, 2016

पुस, काठमाडौं । चितवनको नारायणगढ तर्फ जाँदै गरेको चलचित्र सुटिङ युनिटको गाडि धादिङमा दुर्घटनामा परेको छ । धादिङको गल्छीमा बुधबार 'ब्याई फ्रेण्ड' नामको फिल्म सुटिङ युनिट बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । film-accident-photo

चलचित्रका निर्देशक मदन घिमिरेले दिएको जानकारी अनुसार स्पोर्ट, लाइट र कुन डिपार्टमेन्टका ११ जना सवार गाडी दुर्घटनामा परेको जानकारी दिए । निर्देशक घिमिरे भने नायक नायिका र निर्मातासँगै अर्को गाडीमा सवार थिए । गाडी ब्रेकफेल भएर दुर्घटनामा परेको बताइएको छ ।

boy-friend-film चलचित्रमा सरोज खनाल, पुस्कर रेग्मी , महिमा सिलवाल, उषा थापा, मोहन निरौला , शोभा भण्डारी , प्रविन विष्ट पवन खनाल लगायतको अभिनय रहेको छ ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]