पुस, काठमाडौं । बिहिबार साँझ होटल अन्नपुर्णको एकहलमा माहोल निकै रमाइलो बनेको थियो । नेपाल चलचित्र क्षेत्रका ४० भन्दा बढी आर्टिस्टहरुले र्याम्प वाक गरीरहेका थिए । जब पहिलो र दोस्रो पुस्ताका आर्टिस्टहरुले र्याम्प वाक गरे त्यसपछि माहोल हाँसोमय बनाउन हाँस्यब्यंग्य आर्टिस्ट सन्दिप क्षेत्री स्टेजमा आईपुगे ।
"मेरो नाम सन्दिप क्षेत्री हो, जसले मेरो नाम सुन्ने बित्तिकै ताली बजाउँदैन उसको बिद्या नष्ट हुन्छ", उनको यो पहिलो सम्बाद नै निकै रोचक र हाँसो उठ्दो थियो, उपस्थित कसैलाई पनि नहाँसी बस्नै दिएनन् ।
-
रन वे मा उत्रिएका केहि आर्टिस्टहरुलाई समेत उनीहरुको हिडाईको समेत उनले ब्यंग्य गर्न भ्याए । साथै उनले नेपाली पत्रकारिता यस्तो छ भन्दै खुबै हँसाएका थिए ।
करिब २५ मिनेट स्टेजमा पेचमिचि मिचि हँसाएर गएका उनले आफ्नो प्रस्तुतीको बिचमा नेपाली नायिकाहरुको बारेमा पनि केहि बोले । करिश्मा मानन्धरको सुन्दरता र जल शाहको मोटोपनको बारेमा पत्रकारहरुको प्रश्न यस्ता हुन्छन् भन्दै हँसाए भने अर्को कुरा, "चलचित्र छक्का पञ्जा कि निर्देशक तथा हाँस्य कलाकार दिपा श्री निरौलालाई पत्रकारहरुको एउटै प्रश्न हुन्छ फिल्म बनाउनु भयो सुपरहिट हुनुभयो बिहे कहिले गर्नुहुन्छ ?" यसपछिको उनको ब्यांग्यात्मक शब्द निकै चोटिलो थियो । "अरे यार दिपा दिदिलाई बिहे गर्न मन लागेछैन होला, सि वज डा्रईभिंङ लाईसेन्स छैन होला अर्कै कुरा हो ।" उनको यो ब्यंग्यले उपस्थित दर्शक खुबै हाँसेका थिए ।
सन्दिप क्षेत्रीको पुरा कमेडी तलको भिडियोमा हेर्न सक्नुहुनेछ
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का साउथ च
February 28, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । धरानमा म्युजीक भिडियो छायांकनमा
February 28, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: