पुस, मलेसिया । मलेसिया यसबर्ष पनि 'धमाका साँस्कृतिक कार्यक्रम' हुने भएको छ । बिगतका बर्षहरुमा झै यसबर्ष पनि मलेसियाको बिभिन्न ठाउँमा 'युनिक धमाका ४' हुने आयोजकले जनाएको छ ।
कार्यक्रम संयोजक नविन खड्काले आर्टिस्ट खबरलाई दिएको जानकारी अनुसार यसबर्ष युनिक धमाकामा दर्शकले केहि फरक प्रस्तुती हेर्न पाउने छन् । यस पटक तराइमा प्रचलित भोजपुरी कलाकार हरु समाबेश गरिएकाले तराइ बासि दर्शक र बंगाली दर्शकहरु को पनि कार्यक्रम मा सहभागिता होस भन्ने उद्देश्यले कार्यक्रममा भोजपुरी कलाकारहरु समाबेश गरिएको खडकाले जानकारी दिए । कार्यक्रम यहि आउँदो जनवरी २८, २९, ३० र ३१ गरेर ४ ठाउँमा हुने र कार्यक्रम कुन कुन हलहरुमा हुने भन्ने जानकारी केहि दिनमै सार्वजनिक गरीने आयोजकले बताएको छ ।
कार्यक्रम मा चर्चित लोक दोहरी गायक प्रकाश कटुवाल, भोजपुरी तथा मैथली गायक सन्तोश राज भोजपुरी, डान्सर प्रीना तिवारी, रिसिका चौधरी, लोक गायक प्रकाश योगी, ठाकुर ओझा, आधुनिक गायक आइडिप प्रधान लगायत दर्जनौ कलाकार ले आफ्नो प्रस्तुती दिनेछन् ।
- साथमा कलाकार बिक्रम जुङ शाहाको पनि बेजोड प्रस्तुतीरहने बताइएको छ । कार्यक्रम ग्रेट कंचनजङगा एस डि एन बि एच डि ले ब्यबस्थापन गर्दै आएको छ । 'युनिक धमाका ४' को आर्टिस्ट खबर डटकम अनलाईन मिडिया पार्टनर रहेको छ ।आर्टिष्ट खबर/ फागुन, काठमाडौं । लोकप्रिय गायिका सिन्धु मल्लको आज
February 27, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । लोकप्रिय गायक घमेश दुलालको
February 27, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: