जेठ, काठमाडौं ।
केहि समय अघिदेखी चलचित्रक्षेत्रमा चर्चाको बिषय बनेका चलचित्र निर्माता संघ र चलचित्र संघबीच सहमती जुटेको छ । शेयर बाँडफाँडको विषयमा आइतबार साँझ सहमती जुटेको सोमबार पत्रकार सम्मेलन गर्दै दुई संघले जानकारी गराए । विभिन्न १८ बुँदामा २ वर्षका लागि सम्झौताका शर्तहरु सार्वजनिक गरिएको छ ।
चलचित्र संघ र निर्माता संघ द्वारा जारी विज्ञप्तीमा अब सिनेमा हलले आफ्नो हलमा प्रदर्शन गर्ने चलचित्रको ट्रेलर, ब्यानर, पोष्टर र स्ट्याण्डी समेतको प्रचार सामाग्रीको दुई हप्तासम्म निःशुल्क सेवा प्रदान गर्ने सम्झौता भएको उल्लेख छ । मल्टिप्लेक्सले शेयरको रकम प्रत्येक हप्तामा चलचित्र प्रदर्शन पश्चात वितरकले भ्याट बिल जारी गरेको दुई हप्ताभित्र अनिवार्य रुपमा भुक्तानी गर्नुपर्ने, सिंगल स्टेशनको हकमा फिल्म उत्रेको दुई हप्ता भित्र भुक्तानी दिनुपर्ने अन्यथा उक्त अवधिभित्र भुक्तानी नभएमा निर्माता संघ र चलचित्र संघको संयूक्त कार्यदलले गरेको निर्णय अनुसार हर्जानासहित कारबाही समेत गरिने सम्झौता भएको छ ।
निर्माता र प्रदर्शकबीच मल्टिप्लेक्स हलहरुले नेट शेयर बाँडफाँड पहिलो हप्ता ५० प्रतिशत, दोस्रो हप्ता ४५ प्रतिशत, तेस्रो हप्ता ४० प्रतिशत, चौथो हप्तादेखि ३५ प्रतिशत वितरक (निर्माता) ले पाउने सम्झौता भएको छ । सिंगल हलको हकमा भने नेट शेयर बाँडफाँड ५०÷५० प्रतिशतको आधारमा हुनेछ । यस्तै काठमाडौं उपत्यका भित्रका चलचित्र हलहरुमा टिकट दर २५० अथवा ३ वा ३ भन्दा बढी सिनेमा हल रहेको सिनेमा घरलाई मल्टिप्लेक्सको मान्यता दिइने र उपत्यका बाहिरको हकमा टिकट दर २०० अथवा ३ वा ३ भन्दा बढी सिनेमा हल रहेको सिनेमा घरलाई मल्टिप्लेक्सको मान्यता दिइने संयूक्त जारी विज्ञप्तीमा उल्लेख छ ।
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक सुमन केसीको स्वरमा नयाँ गीत बिन्ती
January 17, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: