जेठ, काठमाडौं ।
यहि जेठ १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बेबी आई लभ यू’ ले सेन्सर वोर्डबाट ‘पिजी’ प्रमाण पत्र प्राप्त गरेको छ । अब १६ वर्ष भन्दा कम उमेरका दर्शकले यो चलचित्रलाई अभिभावकको साथमा हेर्नुपर्नेछ । जनक पाण्डे निर्देशीत यो चलचित्रमा केही लागु औषधका दृश्यका भएकाले पिजी प्रमाणपत्र दिइएको बताइएको छ । चलचित्र शिव न्यौपानेले निर्माण गरेका हुन् ।
‘बेबी आई लभ यू’ मा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका छ भने उनीहरुसगै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थीलगायतको अभिनय छ । सुरज आचार्यको सिनेम्याटोग्राफी रहेको फिल्मको कथा अभिनेता खड्का आफैंले लेखेका हुन् । लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्मित उक्त फिल्ममा सिर्जना परियार र दुर्गा पाण्डे सह–निर्मातामा रहेका छन् ।
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक देवेन्द्र बब्लुको स्वरमा नयाँ गीत
January 20, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: