जेठ, काठमाडौ ।
बलिउड अभिनेता संजय दत्तको बायोपिक चलचित्र 'संजु’ २९ जूनमा प्रर्दशन हुँदैछ । राजकुमार हिरानीद्दारा निर्देशित चलचित्र 'संजु’ प्रर्दशन अगाडीनै विवादमा परेको छ । 'संजु’ यस वर्षको बहुप्रतिक्षित चलचित्र हो । चलचित्रविरुद्ध मुद्दा दर्ता गरिएको छ । पृथ्वी मास्केले भारतको सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशन (सीबीएफसी)मा मुद्दा दर्ता गरेका हन् ।
उजुरीकर्ताले चलचित्रको एक दृश्यको विषयलाई औल्याउदै यसबारे कारवाही नगरिए अदालतको ढोका सम्म पुग्ने चेतावनी दिएका छन् ।
चलचित्रमा जेलको ब्यारेकमा ट्वाइलेट लिकेज भएको दृश्यमा उजुरीकर्ता पृथ्वी मास्केले आपत्ति औल्याएका छन् । उजुरीकर्ताले ११ जूनमा सिबिएफसीका चेयरम्यान प्रसुन जोशी, चलचित्र निर्माता र रणबीर कपुरलाई सम्बोधन गर्दै पत्र लेखेका छन् । 'चलचित्रको ट्रेलरमा संजय दत्त बसेको जेलको ट्वाइलेट ओभरफ्लो भएको देखाइएको छ । तर प्राप्त सूचना अनुसार जेल अधिकारी र सरकारले जेलको ब्यारेकको पूरा ख्याल राख्छन् । यो दृश्यले भारतको जेल र जेल अधिकारीबारे गलत प्रचार गर्नेछ । यदि तपाईंले यस बिषयलाई गम्भीर लिनुभएन भने हामीसँग माननीय अदालतमा गएर चलचित्रको प्रर्दशनमा स्टे लगाउनेबाहेक अन्य विकल्प रहँदैन ।’ हामीले अहिलेसम्म यस्तो प्रकारको पनि घटना सुनेका छैनौं ।’
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक देवेन्द्र बब्लुको स्वरमा नयाँ गीत
January 20, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: