मुम्बई , एजेन्सी ।
बलिउड अभिनेत्री सोनाली बेन्द्रे हाल न्यूयोर्कमा हाई ग्रेड क्यान्सरको उपचारमा छिन् । सोनालीले आफ्नो इन्स्टाग्राम मार्फत एक पोस्ट सेयर गर्दै आफूलाई क्यान्सर भएको जानकारी दिएकी थिइन् । पछिल्लो दिन सोनालीले टाउको मुडुलो भएको तस्बिर सेयर गरेकी छन् । उक्त तस्बिर देखेर सबै बलिउड कलाकारहरु चकित छन् ।
सोनालीसँगै तस्बिरमा सुजैन खान र शाहरुखसँग स्वदेश चलचित्रमा देखिएकी गायत्री पनि देखिएकी छन् । मित्रता दिवसको खास अवसरमा सेयर गरिएको यो तस्बिरमा सोनालीमाथि क्यान्सरको उपचारको असर प्रष्ट देख्न सकिन्छ । यस तस्बिरलाई ऋतिक रोशनले खिचेका हुन् ।
बलिउडका अन्य कलाकार सोनालीको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक देवेन्द्र बब्लुको स्वरमा नयाँ गीत
January 20, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: