आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
हिमालयन नेपाली इभेन्ट्स प्रालिले कतारमा ‘हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१९’को आयोजना गर्ने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रालिले आगामी माघ १८ गते कतारको दोहामा ३७ विधामा अवार्ड वितरण गरिने जानकारी दिइएको हो । उक्त अवार्डका संयोजक डिएन घिसिङले असली सर्जक र सिर्जनाको उचित मूल्याङ्कन गरिने बताए ।
अवार्डमा कलाकारलाई ३७ विधामा सम्मान गरिने उनको भनाइ छ । ‘सृजनाको मूल्याङ्कन स्रष्टाको सम्मान, नेपाली सङ्गीतको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नारा एवम् मिडिया टप, नेपालको सहकार्यमा सम्पन्न हुने अवार्डमा उत्कृष्ट राष्ट्रिय गीत, उत्कृष्ट आधुनिक गीत, उत्कृष्ट लोक तथा दोहोरी गीत, उत्कृष्ट तामाङ सेलो, उत्कृष्ट तामाङ म्हेन्दोमाया गीत, उत्कृष्ट लोक पप, उत्कृष्ट गायक÷गायिका, उत्कृष्ट मोडललगायत ३७ विधामा अवार्ड वितरण गर्न लागिएको आयोजकले जानकारी दिएको छ । अवार्डको निर्णायकमा वरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटा, उन्नति शिला बोहरा, उवन वाङ लामा, विक्रमजङ्ग शाह, रोज मोक्तान, अन्ना स्टिरलगायत रहेका छन् ।
रासस
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक देवेन्द्र बब्लुको स्वरमा नयाँ गीत
January 20, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: