म्यान्मारमा 'छक्का पञ्जा ३' प्रदर्शनमा

Posted on: January 13, 2019
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

यो बर्षको हिट चलचित्र  ‘छक्का पञ्जा ३’ अब म्यानमारमा पनि प्रदर्शन हुने भएको छ । मार्चको पहिलो साताबाट क्यानडाका टोरन्टो, कैलगरी, एडमन्टन लगायतका शहरहरुमा चलचित्र लाग्ने पक्का भएको निर्माण टिमले जानकारी दिएको छ । म्यानमार प्रदर्शनको जिम्मा राजधानीको रेडियो अडियोले लिएको हो । 

क्यानडामा नेपाली चलचित्रको राम्रो बजार भएका कारण प्रदर्शन गर्न लागिएको रेडियो अडियोका निर्देशक अमित अधिकारीले बताए । उनले अन्य केहि शहरहरुमा पनि चलचित्र प्रदर्शनका लागी कुरा भइरहेको जानकारी दिए । 

चलचित्र छक्का पञ्जा ३ पछि भर्खरै छायांकन सम्पन्न भएको चलचित्र दाल भात तरकारी लगायतका अन्य केही नेपाली चलचित्र सँग पनि प्रदर्शनका लागी कुरा भइरहेको अधिकारीले बताएका छन् ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]