आर्टिष्ट खबर/ चैत, काठमाडौं ।
नवीन प्रभातको शब्द रहेको गायक आर के खत्रीको आवाजमा रहेको 'सिङ्गल छु' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गायक खत्री कै संगीत रहेको छ भने एरेन्ज रिकेश गुरुङको रहेको छ। भिमफेदी गाइजका निर्मला लामाको भिडियो कोरियोग्राफी रहेको गीतमा भिमफेदी गाइज र अलिसा राईलाई फिचर्ड गरिएको छ।
गायक खत्रीलाई पनि भिडियोमा देख्न सकिन्छ । भिमफेदी गाइजका निर्मल लामाकै निर्देशन रहेको गीतको भिडियोमा छायाङ्कन र सम्पादन पवन सुस्लिङको रहेको छ। आर के खत्री सम्भावना बोकेका गायक हुन् । यस अघि उनको ‘सुन सान रातमा’, ‘हेरन’, ‘रातो लिपिस्टिक’, ‘तिमी भन्छौ मलाई’, ‘एक बोत्तल’ लगायत गीत सार्वजनिक भईसकेका छन्। सांगीतिक माहोलमै हुर्किएका खत्री चर्चित गायक कमल खत्रीको भाई हुन्।
song:
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक देवेन्द्र बब्लुको स्वरमा नयाँ गीत
January 20, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: