प्रेमगीत ३ ले बाड्यो ११ हजार मास्क

Posted on: March 24, 2020
आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

निर्माण भएर प्रदर्शनका लागी तयारी अवस्थामा रहेको चलचित्र ‘प्रेमगीत ३’ टिमले सर्वसाधारणलाई ११ हजार मास्क  वितरण गरेको छ । कोरोना भाइरस संक्रमणको त्रास फैलिएसँगै बजारमा मेडिकल मास्क अभाव भएपछि चलचित्रको टिमले आइतबार निःशुल्क मास्क वितरण गरेको हो ।चलचित्र निर्माता सन्तोष सेन, अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङले कोटेश्वर, लगनखेल र गोंगबु क्षेत्रमा मास्क बाँडेका हुन् । आइतवार मात्र ११ हजार मेडिकल मास्क वितरण गरिएको निर्माता सेनले फेसबुकमार्फत् जानकारी दिए।

उनले भने, ‘बजारमा मास्क अभाव भएको थाहा पाएपछि देशको एक जिम्मेवार नागरिक भएको हैसियतले मास्क वितरण गरेका हौं । यो मुश्किल परिस्थितिमा कुनै पनि बेला सरकारलाई आवश्यक पर्छ भने हाम्रो फिल्म ‘प्रेमगीत ३’ को सम्पूर्ण टिम सहयोग गर्न तयार छ ।’फिल्मको टिमले सर्वसाधारणलाई मास्क वितरण गर्दै सर्तकता अपनाउन पनि आग्रह गरेको थियो । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]