चर्चित अमेरिकन गायक लिटिल रिचर्डको निधन !

Posted on: May 10, 2020
एजेन्सी। 

चर्चित अमेरिकन गायक तथा गीत लेखक लिटिल रिचर्डको शनिबार निधन भएको छ। ८७ वर्षका रिचर्डको क्यान्सरका कारण निधन भएको हो । उनी लामो समयदेखि बोर्न क्यान्सरबाट पिडित थिए । अमेरिकाको टुल्लाहोमा बस्दै आएका  रिचर्डको सन् १९३२ को डिसेम्बर ५ मा जन्म भएको थियो । 


म्याकन, जर्जियामा जन्मिएका उनको खास नाम रिचर्ड पेन्निमन हो। उनलाई  सानै उमेरदेखि गीत संगितमा रुची थियो । उनले सानै उमेरदेखि गीत गाउन शुरु गरेका थिए। केही पटक उनलाई हृदयघात पनि भएको थियो । उनका 'रिप इट अप',' द गर्ल क्यान्ट हैल्प इट', 'गुड गोली मिस मोली' लगायका गीत हिट छन्। 




 

Share your thoughts:



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]