आज रबि लामिछाने र निकिता पौडेलको फस्ट एनीभर्सरी, शुभकामना दिनेको ओइरो

Posted on: May 16, 2020
आर्टिष्ट खबर/जेठ,काठमाडौं ।

चर्चित सञ्चारकर्मी रबि लामिछानेले बिवाह गरेको आज १ बर्ष पुरा भएको छ। अघिल्लो बर्षको आजकै दिन उनी चलचित्र बिकास कोर्डकी पूर्व अध्यक्ष निकिता पौडेलसँग बिवाह बन्धनमा बाँधिएका थिए। रबिले आज आफ्नो फस्ट एनीभर्सरी रहेको सामाजिक संजालमार्फत जानकारी गराएका छन्। उनले सामाजिक संजाल फेसबुकमा तस्बिर शेयर गर्दै आफू र श्रीमती निकितलाई शुभकामना दिदैँ स्टाटस लेखेका  छन्। 'तिमीलाई भेटेपछि मात्रै भाग्य माथीपनि विश्वास लाग्न थालेको हो। बितेको १ वर्ष मा मलाई कयौं चोट लाग्यो तर दुखाइ जती सबै तिमीले सह्यौ।यो एक वर्षमा एक जुनी कै खुशी दिने प्रिय श्रीमती जीलाई।'


उनलाई आज बिहानै देखि एनीभर्सरीको शुभकामना दिनेहरुको ओइरो लागेको छ। उनलाई आफन्तजन , कलाकार लगायत धेरै शुभचिन्तकहरुले शुभकामना दिइरहेका छन्। केही दिनअघि लकडाउनका बीच कलाकारसँगको भोजभतेरमा सहभागी भएका कारण रबि बिवादमा तानिएका थिए । यस बिषयलाई लिएर निकै टिक्का टिप्पणी चलेपछि उनले सामाजिक संजालमार्फत माफी समेत मागेका थिए। 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]