महारानीलाई मदन पुरस्कार

Posted on: September 21, 2020
असोज, काठमाडौं । 

यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई दिइने भएको छ । मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को मदन पुरस्कार बानियाँ र  जगदम्बा श्री शान्ति ठटाललाई प्रदान गर्ने निर्णय गरेको हो । 

पुरस्कारका लागि गुठीलाई प्राप्त भएका १५१ पुस्तकबाट उत्कृष्ट सात कृति छानिए थियो । मनोनयनमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, शारदा शर्माको ‘यात्रामा’, योगी धर्ममहारसको महारसनिघण्टु (१–३), ललित विष्टको ‘मोहपथ’ पनि परेका थिए ।  मदन पुरस्कारको राशी चार लाख रुपैयाँ छ ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]