आर्टिष्ट खबर/ फागून ११, काठमाडौं।
यसअघि 'सिधा कुरा जनतासँग' टिभी कार्यक्रम चलाउदै आएका सञ्चारकर्मी रबि लामिछाने लगायत उनको टिमले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्। ‘ग्यालेक्सी फोरके’ नामक उक्त टिभीको म्यानेजिङ डाइरेक्टर लामिछाने आफैँ रहेका छन्। हाल नेपालमा थप एक सञ्चार माध्यम थपिएको छ ।
मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै रबिले नेपालमा पहिलो पटक फोरके टिभी आफूहरूले ल्याएको बताए। शुरुमा जनताका आवाजलाई प्राथमिकता दिने र अन्य मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तृत गर्ने उनले बताए। 'ग्यालेक्सी फोरके'मा 'को बन्छ करोडपति','रामायण', 'सारेगम', 'आविष्कार', 'क्राइम पेट्रोल नेपाल', 'सिधा कुरा' लगायत कार्यक्रम आउने भएको छ। यसअघिनै रबिले आफूहरुले ‘ग्यालेक्सी फोरके’ ल्याउँदै गरेको आफ्नो आधिकारिक फेसबुकमार्फत जानकारी दिर्दैँँ आएका थिए।
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । लोकप्रिय गायिका सिन्धु मल्लको आज
February 27, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । लोकप्रिय गायक घमेश दुलालको
February 27, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: