ऋण लागेपछि सुन्तलीले आँशु झार्दै भनिन्, ''हामीलाई हेल्प गर्नुहोस'' (भिडियो रिर्पोट)

Posted on: March 22, 2021
आर्टिष्ट खबर/ चैत,काठमाडौं । 

गए राती आर्टिस्ट खबर टिम भरतपुरमा निर्माणधीन क्रिकेट रंगशाला पुगेको थियो। राती १० बजे त्यँहा के कस्तो काम हुने रहेछ भनेर हेर्दै जादाँ सिताराम र कुन्जना टर्चलाइट बाली कामको निरिक्षणमा ब्यस्त थिए भने कामदारहरु पनि आफ्नो काम राती नभनी मेहेनतका साथ गरिरहेका थिए। १२ करोड भन्दा बढि ऋण लागिरहँदा रंगशालाको निर्माण कहाँ पुगेको छ त भनेर हामीले प्रश्न गर्दा कुन्जना निकै भावुक बनिन् ।

दिन रात नभनी देशका निम्ति खटिदै जाँदा आज यि देश प्रेमीले आफ्ना लागि केही सोच्नै भ्याएका छैनन्। १२ करोड भन्दा बढि ऋण लागिरहेको भन्दै र सहयोग रकमका लागि उनले हातै जोडेर सहयोग मागिन् । उनले आँशु झार्दै भनिन् । 'हामीलाई हेल्प गर्नुहोस हामीले आफ्नालागि घर बनाउँन लागेका हैनौँ, नेपालकै गौरवान प्रोजेक्टका लागि हामी दिनरात नभनी लागि परिरहेका छौँ।' बाँकी जानकारीका लागि यो भिडियो हेरौँ..





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]