रहेनन् ह्यारी पोटरका अभिनेता पल रिटर

Posted on: April 09, 2021
एजेन्सी।

‘ह्यारी पोटर’ र ‘द हाल्फ–प्रिन्स’का अभिनेता पल रिटरको निधन भएको छ। निकै समयदेखि ब्रेन ट्युमरसँग लडिरहेका रिटरको केही दिनअघि निधन भएको हो। ५४ वर्षीय पलको निधनको पुष्टि उनकै टिमका एक प्रतिनिधिले गरेका हुन्।  

उनको निधनको खबरसँगै हलिउड कलाकारहरुले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि अर्पण गरिरहेका छन्। नवभारत टाइम्सका अनुसार पलले आफ्नो यो रोगको बारे गुपचुप नै राखेका थिए। उनको निधनले उनका प्रशंसक र अन्यलाई स्तब्ध बनाएको छ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]