
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
माडवारी समुदायका बालबालिकाहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि आयोजना हुँदै गरेको ‘फेश अफ द माडवारी किड्स २०२१’ को तयारी अन्तिम चरणमा पुगेको छ । यही शनिबार काठमाडौंमा एक समारोहबीच फेश अफ द माडवारी किड्स २०२१ को चयन हुने भएको छ ।
यो प्रतियोगिताका प्रतियोगीहरु यतीबेला विभिन्न प्रशिक्षणमा व्यस्त छन् । उनीहरुलाई कोरियोग्राफर एवम् अभिनेता दिक्पाल कार्की र पुनम बर्माले विभिन्न प्रशिक्षण दिईरहेका छन् ।
यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धीमा विधि अग्रवाल, नाभिका अग्रवाल, विधि शाह, आरध्या अग्रवाल, वान्सिका जोधानी, रुट्बी अग्रवाल, अमारिया अग्रवाल, साईना अग्रवाल, पिहु चाचन, आध्या अग्रवाल, लक्ष्य अग्रवाल, गगन बन्सल, अन्सुल अग्रवाल, शिवान्स खेतान, भियोम शर्मा, रेयान्स मित्रुका, भिहान मिन्डा, कृतिम चाचन, जुयान्स तिब्रेवाल रहेका छन् ।
यस्तै यस प्रतियोगितामा तेजस पोद्दार, मायाँक गोयल, गर्भ वाहेटी, जयदेब बँशल, कुश तिब्रेवाल, मेदान्स अग्रवाल, गौतम अग्रवाल, दिब्यंका शर्मा, विधिता अग्रवाल, आस्ना अग्रवाल, आध्या शर्मा, आयुशी अग्रवाल, आंशिका मित्रुका दिब्या अग्रवाल, यशस्भी खेम्का, मानस्भी खेम्का पनि अन्तिम प्रतिस्पर्धी रहेका छन् ।
यो मिनपचासको बिदामा माडवारी समुदायका बालबालिकालाई उनीहरुको प्रतिभा प्रस्तुत गराउन बिगत झैं यसपटक पनि यो प्रतियोगिता आयोजना गरिएको आयोजक रेखा मोदी मितृकाले बताईन् । बीरगञ्जका मेयर विजय सरावगीको प्रमुख आतिथ्य तथा कवि एवम गीतकार बसन्त चौधरी, मेघा चौधरी, उधोगी राजेन्द्र खेतान, अभिनेत्री केकी अधिकारी लगायतको आतिथ्य र म्याजिक फुटवेरको सहकार्यमा यो प्रतियोगिताको फिनाले यही शनिबार काठमाडौंको गैरीधार स्थित सिल्भर वेकमा हुने पनि रेखाले जानकारी गराईन् । रेखाले यस अघि ‘फेश अफ द माडवारी’ को आयोजना पनि गर्दै आएकी छिन् ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: