
आर्टिष्ट खबर/ माघ, काठमाडौं ।
मेचीमहाकाली बुहारी संयुक्त आवाज काठमाडौंले धादिङमा बिद्यार्थीहरुलाई स्विटर र टोपी बितरण गरेको छ । सल्यानटार स्थित सल्यानटार माध्यमिक बिद्यालय र कमलादेवि आधारभुत बिद्यालयका ३ सय १० जना बिद्यार्थीलाई स्कुलको पोशाकको स्विटर र टोपी बितरण गरिएको हो ।
यस्तै कार्यक्रममा बिगत १४ बर्षदेखि रुखबाट लडेर अपांग भएकी एक महिलालाई ह्विल चियर प्रदान गरिएको आयोजक संस्थाकी सचिव रेखा थापाले जानकारी दिइन् । यस्तै रुखबाट लडेर बिगत १० बर्षदेखि ह्विल चियरको सहारामा जीवन बिताइरहेका अन्जन कुमार श्रेष्ठलाई पनि ह्विल चियर प्रदान गरियो । रेखाका अनुसार मेची महाकाली बुहारी संयुक्त आवाजले बिगतका दिनहरुमा पनि बिभिन्न सहयोगका कार्यक्रम गर्दै आएको छ ।
यस्तै संस्थाकी बाग्मती संयोजक अन्जिला श्रेष्ठले सल्यानटार माध्यमिक बिद्यालयलाई बिरामी बोक्ने स्ट्रेचरसँगै कोरोना भाइरस बिरुद्ध लड्का लागी माक्स र सेनिटाइजर पनि प्रदान गरिएको बताइन् । अन्जिलाका अनुसार महिला तथा बालबालिका हिंसा विरुद्धको अभियानको रुपमा स्थापना भएको सस्थाले सबै क्षेत्रमा यस्ता सामाजिक कार्य गरिरहेको छ ।
सहयोग कार्यक्रममा संस्थाकी कोषाध्यक्ष हिमा शेरचन, सदस्यहरु ईश्वरि श्रेष्ठ, राम माया श्रेष्ठसँगै समाजसेवी जगत नारायण श्रेष्ठको पनि उपस्थित थियो ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: