आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।
भक्तपुरको सल्लाघारीमा ब्युटीपार्लर ‘एस आर ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर’को दोश्रो शाखा सञ्चालनमा आएको छ । ब्युटिसियन राधिका थापामगर श्रेष्ठले सञ्चालनमा ल्याएको उक्त ब्युटीपार्लर बिहीबार ब्युटिसियन तथा रोज शिप बिकाश तालिम केन्द्रकी अध्यक्ष सोनी कारँजित, अग्रज ब्युटिसियन रुस्का श्रेष्ठ बैध, ब्युटिसियन पुनम श्रेष्ठले रिवन काटेर सँयुक्त शुभारम्भ गर्नुभयो ।
बिगत ११ वर्षदेखि ब्युटिसियन पेशामा निरन्तर सक्रिय राधिका भक्तपुर क्षेत्रकी सफल र चर्चित ब्युटिसियन हुनुहुन्छ । समारोहमा बोल्दै बरिष्ट ब्युटिसियन सोनी कारँजितले एक दशक भन्दा लामो समयदेखि ब्युटिसियन पेशामा सक्रिय राधिकाले समय अनुसार आफुलाई परिमार्जन गर्दै सल्लाघारी क्षेत्रमा उत्कृष्ट सेवा दिन सफल भएको बताउनुभयो ।
यस्तै अर्की ब्युटिसियन रुस्का बैध श्रेष्ठले पनि राधिकालाई नयाँ पार्लर दोश्रो ब्रान्च स्थापनाको शुभकामना दिँदै आफ्ना कैयौं विधार्थीहरुमा राधिकाले अत्यन्त राम्रो प्रगति गरेको बताउनुभयो । अहिलेको सबै सुविधा राधिकाको एस आर पार्लरमा भएकाले सबैलाई त्यहाँ गरेर ब्युटी सम्बन्धि सेवा लिन आग्रह गर्नुभयो । जिल्ला विकाश समिति भक्तपुरका अध्यक्ष दीपक थापाले पनि राधिकालाई नयाँ पार्लरको सफलताको शुभकामना दिनुभयो ।
सो उद्घाटन कार्यक्रममा ब्युटिसियन कमला सिग्देल, रचना शाक्य, रिना अवाले, पत्रकार सूर्य चन्द, एनफाका उपाध्यक्ष सुन्दर थापा, गायिका तथा सञ्चारकर्मी सरिता भारतीलगायतले पनि राधिकालाई बधाई दिँदै सो पार्लरको सफलताको शुभकामना दिनुभयो ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: