गजेन्द्र वर्मा नेपाल आउँदै

Posted on: December 21, 2018
आर्टिष्ट खबर/ पुस, काठमाडौं । 

भारतका चर्चित गायक गजेन्द्र वर्मा नेपाल आउने भएका छन् । ‘तेरा घाटा’ गीत गाएर चर्चामा आएका गजेन्द्र आउँदो क्रिसमस इभ ( डिसेम्बर २४) मा काठमाण्डौ स्थित क्लब डेजाभूमा लाइभ प्रस्तुती दिन आउँदैछन् । ‘गजेन्द्र वर्मा लाइभ इन नेपाल’ नामक यस कार्यक्रम मेड्ली इभेण्ट र डार्क हर्स इभेन्टको संयुक्त आयोजनामा हुन लागेको हो । कभर गायन मार्फत सांगीतिक दुनियामा उदाएका गजेन्द्रको ‘तुने मेरे जाना, मे तेरा ही रहु, मेरा जहा जहा’ लगायतका गीत दर्शक तथा श्रोताले रुचाएका छन् । 


उनले लाइभ प्रस्तुतिको क्रममा यस्तै गीतसंगीत मार्फत दर्शकलाई मनोरंजन दिने बताइएको छ । प्रस्तुतिमा सहभागी हुन १५ सय , २५ सय र ३५ सय दरको टिकेट रहेको छ । ‘क्रिसमस इभलाई रमाइलो बनाउन हामीले पछिल्लो समय नेपालमा खोजिने गायकलाई बोलाएका हौ’ आयोजक मध्यका एक सुमित सिग्देलले भने ‘गजेन्द्रजी पनि नेपाल आउने कुरामा हर्षित हुनहुन्छ ।’ गजेन्द्रले पनि भिडियो संदेश पठाउदै आफु नेपालमा आउँन लाग्दा खुसि लागेको बताएका छन् । उनि सोमबार नेपाल आउने छन् र काठमाण्डौको प्रस्तुति सकेर धरान लाग्नेछन् ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]