
आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।
लेखक, निर्देशक तथा कलाकार ओम प्रतीकले चाबहिलमा डान्स मन्त्रको शुभारम्भ गरेका छन् । डान्स मन्त्र एकेडेमी अफ पर्फमिङ आर्टस्को चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा रिवन काटेर औपचारिक उद्घाटन गरिएको हो ।
डान्स मन्त्रको औपचारिक शुभारम्भ गर्दै डान्स मन्त्रका संचालक निर्देशक, लेखक तथा कलाकार ओम प्रतीकले कलाकारितामा नै आफूले केही शिक्षा दिन सकुँ भन्ने उद्देश्यले संचालनमा ल्याएको बताएका थिए । कलाकारितामै जीवन समर्पण गरिरहँदा नवप्रतिभाहरुलाई पनि कलाकारिताको प्रशिक्षण दिएर दक्ष बनाउन डान्स मन्त्रले पूरा गर्ने ओम प्रतीकले बताए । प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले कलाकारितामै जीवन समर्पित गरेका प्रिय मित्र ओम प्रतीकको कार्य प्रशंसनीय रहेको बताउँदै कला क्षेत्रमा लाग्नेहरुका लागि डान्स मन्त्रले टेवा पुर्याउने बताउँदै शुभकामना व्यक्त गरेका थिए ।
डान्स मन्त्रमा हिपहप, क्लासिकल, कल्चरल, एरोबिक, फ्री स्टाइल, कन्टेम, साल्सा, जुम्बा लगायतका कक्षाहरु संचालनमा रहेको छ । गोपीकृष्ण हलको अगाडि रहेको डान्स मन्त्रमा अभिनय र स्क्रिप्ट लेखनको पनि कक्षाहरु संचालन हुने संचालक प्रतीकले बताए ।
डान्स मन्त्रको निर्देशक रुमी गुरुङ रहेकी छन् भने यसको कारियोग्राफर सुरज प्रधान रहेका छन् । सुरज प्रधान पहिला डीआइडी हुँदै नेपालमा पनि धेरै समूहहरुमा रहेका नृत्य निर्देशकको काम गरिसकेका छन् । त्यस्तै दुबईमा पनि नृत्य सिकाउँदै आएका सुरजले डान्स मन्त्रमा पनि आफ्नो कला प्रस्तुत गर्ने भएका छन् ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नयाँ चलचित्र ‘२ नम्बरी’को प्रदर्श
August 09, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अमेरिकाको एटलान्टामा ४ देखि ७ अगष
August 09, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: