आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
‘बेनेली मोडल हन्ट नेपाल २०१९’मा ६० प्रतियोगी प्रशिक्षणमा जुटेका छन् । प्रतिस्पर्धामा कसरी उत्कृष्ट हुने र शिर्ष उपाधि प्राप्त गर्ने भन्ने उदेश्यले उनीहरु अहिले आफ्नो ध्यान केन्द्रित गरिरहेका छन् । १६ देखि २८ ननाघेका ‘बेनेली मोडल हन्ट नेपाल २०१९’का प्रतियोगी युवायुवतीका लागि राजधानीको ठमेलस्थित इभिजा लन्चमा बिगत एकसाता देखि प्रशिक्षण चलिरहेको छ । प्रशिक्षणमा उत्साहित ३० युवती र ३० युवक सहभागी छन्। प्रशिक्षणको क्रममा उनीहरुले दुई चरणको प्रशिक्षण लिने ‘बेनेली मोडल हन्ट नेपाल २०१९’का आयोजक संस्था नेक्स्ट मोडल नेपालका प्रमुख रवि धमलाले बताए। धमलाका अनुसार पहिलो चरणको अडिसनमा प्रतियोगीले मुख्य प्रशिक्षक रोजीन शाक्य, परमिता राणा, थेन्डुप शेर्पा लगायतका नेपालका उत्कृष्ट प्रशिक्षकबाट व्यक्तित्व विकास, बेसिक मोडलिङ, सञ्चारकला, फोटोसुट, भिडियोसुट लगायत प्रशिक्षण लिनेछन् ।
त्यस्तै दोस्रो चरणको प्रशिक्षणमा मिस इन्डिया ग्लोब, ल्याक्मे फेसन वीक, दुवई फेसन वीक लगायत अन्तराष्ट्रिय सोका निर्देशक तथा कोरियोग्राफर अभिमन्यु सिंह तोमरबाट अन्तराष्ट्रिय मोडलिङ, स्टाइलिङ, ड्रेसिङ सेन्स, स्टेज पफमेन्स र कोरियोग्राफी सिक्नेछन्। नेपाली प्रतियोगितामा अन्तर्राष्ट्रिय कोरियोग्राफरको उपस्थितीले नेपालका मोडललाई अन्तराष्ट्रिय बजारको जानकारी र एबं नेपाली मोडलले उत्कृष्ट प्रशिक्षण प्राप्त गर्न मद्दत पुग्ने नेक्स्ट मोडलकी प्रबन्ध निर्देशक यतना पाण्डेले प्रष्ट पारिन् । प्रतियोगिताको अन्तिमस्पर्धा (फाइनल)आगामी भदौको पहिलो साता सोल्टी क्राउन प्लाजामा हुँदैछ । प्रतियोगितामा देशबिदेशका सेलिब्रेटीको पनि सहभागीता रहने आयोजकले जनाएको छ । ‘मोडल हन्ट नेपाल’ नेपालको मोडलिङ सम्बन्धी उत्कृष्ट प्रतियोगिता हो । इन्डिया, पाकिस्तान, श्रीलंका, अष्ट्रेलिया, अमेरिका लागायत विश्वका बिभिन्न मुलुकमा आयोजना हुँदै आएको यो प्रतियोगिता बिगत ५ बर्षदेखि नेपालमा पनि नियमित आयोजना हुँदै आएको छ।
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक देवेन्द्र बब्लुको स्वरमा नयाँ गीत
January 20, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: