
आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
सर्जक किरण टी लिम्बुको गीति एल्बम ‘भावनाका फूलहरु ३’ लोकार्पण गरिएको छ । राजधानीको रातोपुल स्थित रकहाउस क्याफेमा शुक्रबार एक कार्यक्रमबीच गीति एल्बम ‘भावनाका फूलहरु ३’ लोकार्पण गरिएको हो । बरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा भएको विमोचन कार्यक्रममा बरिष्ठ सङ्गीतकार गणेश रसिक, गीतकार विश्व बल्लभ, गीतकार सङ्घका अध्यक्ष चूडामणी देवकोटा, मेजर काजीमान लिम्बुलगायतकाको आतिथ्यतामा गीति एल्बम लोकार्पण गरिएको थियो । एल्बम विमोचन पछि अतिथिहरुले मन्तब्यका क्रममा एल्बममा रहेका गीत मधुर र कणप्रिय रहेको भन्दै सर्जक किरण टी लिम्बूलाई बधाई तथा शुभकामना दिएका थिए । लोकार्पण कार्यक्रममा एल्बममा संलग्न सबैलाई मायाको चिनो प्रदान गरिएको थियो । गीतकार सङ्घले आयोजना गरेको कार्यक्रमको सहजीकरण सङ्घका महासचिव वसन्त वित्यासी थापाले गरेका थिए भने स्वागत मन्तब्य सङ्घका उपाध्यक्ष शुभ मुकारुङले राखेका थिए ।
एल्बममा ‘अलि अलि हास्दै' ‘सम्झना साथमा', ‘छोएर गयो', ‘यो आँखाले’ र ‘दुईलाई गुणा गर्दा’ जस्ता पाँच वटा गीत समावेस गरिएको छ । एल्बममा रहेको ‘छोएर गयो...’ गीतमा दीपा लामा र बलराम समालले अलग अलग स्वर दिएका छन् । अन्य गीतमा अनु चौधरी, राजेश पायल राई, दिपक लिम्बु र उत्तमजंग लिम्बु लावतीको स्वर रहेको छ । एल्बममा रहेका गीत मध्ये ‘छोएर गयो‘’मा बलराम समालले सङ्गीत भरेका छन् भने अन्य गीतमा उत्तमजंग लिम्बु लावतीको सङ्गीत रहेको छ। सर्जक किरण टी लिम्बुको सार्वजनिक भएको यो तेस्रो गीति एल्बम हो । गीतकार सङ्घ नेपालका अध्यक्ष चुडामणि देवकोटाको सभापतित्वमा सम्पन्न भएको लोकार्पण कार्यक्रममा सर्जक, स्रष्टा र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: