नवलपुरमा माघ ९ देखी हुने छैठौं नवलपुर महोत्सवको तयारी तिब्र

Posted on: January 14, 2020
गोपिकृष्ण चापागाईं/ पुस, काठमाडौं ।

नवलपरासीको पूर्वी नवलपुरमा आउँदो माघ ९ देखी १९ गतेसम्म छैठौं नवलपुर महोत्सव आयोजना हुने भएको छ । नवलपुर उधोग बाणिज्य सघको आयोजनामा चल्ने यस महोत्सवको तयारी तिब्र भइरहेको बताइएको छ । 

‌महोत्सवमा अटो, महिला उधमि, कृषि र व्यावसायिक लगायतका स्टलहरु राखिनेछ । स्टल संयोजक सागर पोखरेलका अनुसार अहिलेसम्म १ सय ७५ स्टल बुकिङ भईसकेको छ । महोत्सवको प्रचार प्रसार उप समिति सयोजकमा हरि सुवेदि रहेका छन् भने साँस्कृतिक कार्यक्रम संयोजकमा गोविन्द क्षेत्री रहेका छन् । महोत्सवको अवधिभर स्थानिय देखी राष्ट्रियस्तरका चर्चित कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।

आयोजक संस्थाका अध्यक्ष एब महोत्सव मुल आयोजक समितिका सयोजक डासुराज पोखरेलका अनुसार महोत्सवको उद्धाटन नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष भवानी राणाले गर्ने भएका छन् । 

 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]