
आर्टिष्ट खबर/बैशाख काठमाडौं।
दुई नेपालका चर्चिच अभिनेत्री स्वस्तिमा खड्का र केकी अधिकारीबारे नयाँ खबर सार्वजनिक भएको छ। यी दुई होनाहार अभिनेत्रीले हलिउड जगतमा अभिनय गर्ने अवसर पाएका छन्। कोरोनाका कारण सरकारले लकडाउन गरेपछि सबै कामकाज ठप्प भएको अवस्थामा स्वस्तिमा र केकीलाई भने सुनौलो अवसर मिलेको छ। नेपाली सिने जगतमा आफ्नो जगा स्थापित गरेका दुइ अभिनेत्रीले अभिनय गर्ने चलचित्रको नाम सार्वजनिक गरिएको छैन तर चलचित्रका लागि उनीहरू आधिकारिक रूपमा अनुबन्धित भइसकेका छन्।
लकडाउन सुरु हुनुभन्दा अघि नै अमेरिकन टोलीले निर्माण गर्ने उक्त चलचित्रका लागि टोली अभिनेत्रीको छनौटमा नेपाल आएका थिए। चलचित्रका लागि स्वस्तिमा र केकी लगायत अन्य केही अभिनेत्रीहरुले अडिसन दिएका थिए। अन्य अभिनेत्रीलाई पन्छाउदै स्वस्तिमा र केकीले आफ्नो क्षमता प्रदर्शन गरेर आफूहरुलाई हलिउड चलचित्रका लायक बनाए। अडिसन दिएका अन्य अभिनेत्रीहरुको नाम भने गोप्य राखिएको छ। यी दुईबाहेक अन्य कलाकार भने अमेरिकी नै हुनेछन्। सम्पूर्ण छायांकन अमेरिकामै गरिने बताइएको चलचित्रमा मुख्य भूमिकामा स्वस्तिमा हुनेछिन् भने उनको दिदीको भूमिकामा केकी हुनेछिन्।
कोरोना संक्रमणको जोखिमका कारण चलचित्रको छायांकन पछि धकेलिएको बताइएको छ। कोरोना कहर साम्य भएपछि अमेरिकाका विभिन्न स्थानमा चलचित्रको छायांकन शरु गरिने बताइएको छ। भुटानी शरणर्थीको जीवनीमा आधारित यस चलचित्रमा स्वस्तिमाले चलचित्रकालागि औपचारिक रूपमा सम्झौता भइसकेको जानकारी दिएकी छिन्। अमेरिकी चलचित्रको मुख्य पात्रको रुपमा लागि आफू छनोट हुनु खुसीको कुरा भएको उनी बताउँछिन्। अहिले कोरोनाको त्रासले खुसी बाँड्न नपाएको गुनासो गर्दै उनले यो अवसरले आफूलाई अगामी दिनहरुमा अझ जिम्मेवार भएर काम गर्न हौसला दिने बताएकी छिन्। यसअघि सफल चलचित्र 'नाईं नभन्नू ल- ५' मा स्वस्तिमा र केकीले एक साथ अभिनय गरेका थिए।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: