कात्तिक, काठमाडौं ।
गएको तीजको अवसरमा सार्वजनिक ‘सोचे झैँ जिन्दगी रैनछ’ बोलको गीतका गायक र गायिका बिचको विवाद टुंगिएको छ । पछिल्लो केहिदिन यता लोक तथा दोहोरी गीतको क्षेत्रमा आर्थिक लेनदेनको बिषयलाई उठाएर चलेको विवाद शनिबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले मिलाएको हो ।
गीतका गायक खेम सेञ्चुरी र गायिका मधु क्षेत्र बिच आगामी दिनमा सामाजिक सञ्जाल तथा बिभिन्न मिडियामा आरोप प्रत्यारोप नलगाउने तथा गीतको स्वामित्व दुबै जनाको बराबरी हुने गरी टुंगिएको प्रतिष्ठानका निवर्तमान अध्यक्ष तथा गायक बद्री पंगेनीले जानकारी दिनुभयो । गायक पंगेनीले काम गर्दै जाँदा कलाकार कलाकार बिच बिभिन्न विवाद हुनसक्ने र त्यसलाई कलाकारले नै मिलाएर अगाडी बढाउनु पर्ने बताउनु भयो । ‘कलाकार र नेताहरुको झगडा उस्तै उस्तै हो, कतिखेर मिल्छन्, कतिखेर मनमुटाव हुन्छ । त्यसैले यो कुरालाई ठुलो कुरा बनाउनु हुँदैन ।’ गायक पंगेनीले भन्नुभयो । ‘आगामी दिनमा खेम र मधु जीको सहकार्यमा नयाँ गीत आउने अपेक्षा गरौं ।’
यस अघि ‘युनिसेफ’का लागी निर्माण गरिएको एक गीतको बिषयमा लेनदेनको कुरालाई लिएर सानो नबुझ भएको र अहिले कुरा मिलेको गायिका मधु क्षेत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘केहि समय एकअर्कालाई नबुझ्दा बिभिन्न कुराहरु आए अब दिदी भाईकै सम्बन्ध हुनेछ ।’ गायक खेम सेन्चुरीले पनि दर्शक तथा स्रोतालाई आगामी दिनमा नराम्रो नसोचिदिन समेत आग्रह गर्नुभयो ।
Video:
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक सुमन केसीको स्वरमा नयाँ गीत बिन्ती
January 17, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: