गोपिकृष्ण चापागाईं/ कात्तिक, पोखरा ।
दिउँसोको दुई बजेको थियो, आफ्नो घरको दोस्रो तलमाथि बार्तलीमा बसेर डाँडापारीका हिमालहरु चिहाउँदै हुनुहुन्थ्यो वरिष्ठ लोकगायक पुरुषोत्तम न्यौपाने । झ्यालको बाहिर पट्टी एक्कै बसेर टोलाइरहनु भएका न्यौपाने हाम्रो चारजनाको टिमलाई देखेर माथिल्लो तलामै आउन इसारा दिनुभयो । पूर्वपट्टी रहेको झ्यालको छेऊमा बस्नुभएका गायक न्यौपानेलाई देख्दा उहाँको दर्जनौं हिट गीत मध्ये एक गीत मेरो दिमागमा आयो । ‘पूर्वैमा झ्याल राखे, झल्को आउँदा भेट हुन मन लाउँदा मै आउँछु ख्याल राखे ।’ उक्त गीतले भनेझैं भएछ भन्दै माथिल्लो तल्लामा पुग्न सिडी उक्लियौं हामी ।
काठमाडौंबाट गएको हाम्रो तीनजनाको टिम (म सँगै साथीहरु अनिल गुरुङ, बिशाल राई) र पोखरामै रहनु भएकी कलाकार स्वस्तिका लामिछाने हामीसँगै हुनुहुन्थ्यो । उहाँको घरसम्म पुग्नका लागी कलाकार स्वस्तिकाको मद्धत लिएका थियौं । हामी चारजनालाई नै गायक न्यौपानेले स्वागत गर्नुभयो ।
गायक न्यौपानेले सुरुवातमै प्रश्न गर्नुभयो, घरसम्म आउन बाटोमा अप्ठ्यारो त भएन ? हामीले स्वस्तिकाको मद्धत लिएकाले लोकेसनका लागी अप्ठ्यारो भने थिएन । मैले सुरुमै गायक न्यौपानेलाई प्रश्न गरेँ, ‘दाई आरामै हुनुहुन्छ ?’ किनभने केहिदिन अघि मात्रै उहाँ कोभिड १९ संक्रमणबाट मुक्त हुनुभएको थियो । ‘ठिक छौं, आराम छौं । हिजो मात्रै कोरोनाको रिपोर्ट नेगेटिभ आयो । झण्डै एक महिना घरभित्रै बसेको थिएँ । त्यसैले अहिलेपनि खासै बाहिर निस्किएको छैन ।’ उहाँले हामीसँग सामाजिक दुरी कायम गरेर भन्नुभयो । किचनमा रहनु भएकी भाउजु (पुरुषोत्तम पत्नी भगवती न्यौपाने) पनि खुसी हुँदै हल कोठामा निस्किनु भयो । सोफामा बस्दै हामी पछिल्लो समयको अवस्थासँगै पोखराको हालखबर बुझ्न लाग्यौं । उहाँहरुसँगै गफिदै जाँदा झण्डै साँझको साढे पाँच भैसकेको थियो । त्यो समयसम्म उहाँको सांगितीक यात्राको झण्डै तीनदशक भित्रका कुराहरु सम्झियौं ।
गायक न्यौपानेले १३ बर्ष अघि पोखरा महानगरपालिका १७, बिरौटामा घर बनाउनु भएको हो । उहाँको जन्म भने ०२९ भदौ २५ मा स्याङ्जाको कालीगण्डकी गाउँपालिका ५ बलाम बेलटारीमा भएको हो । उहाँले अहिलेपनि समय समयमा जन्मथलो पुगिरहने बताउनुभयो । आफ्नो गाउँठाउँलाई उत्तिकै माया रहेको उहाँेका भनाई थियो ।
उहाँ हालसम्म पनि रेडियो नेपाल पोखरामै जागिरे हुनुहुन्छ । साथै पोखराका बिभिन्न संस्थाहरुमा आवद्ध हुनुहुन्छ । साथै बिरौटामै उहाँले रिमझिम दोहोरी साँझ सञ्चालन गरिरहनु भएको छ । अहिलेको कोभिड १९ को अवस्थाले गएको बर्षको चैत महिना देखी दोहोरी साँझ बन्द गर्नुपरेको अवस्था बारे पनि सुनाउनु भयो । उहाँले भन्नुभयो ‘अहिलेको अवस्था बारे सबैलाई थाहा छ, दोहोरी साँझ पुर्णरुपमा बन्द गर्नुपरेको छ । प्रत्यक्ष असर परेको दोहोरी साँझसँगै अन्य मनोरञ्जनस्थल पनि हुन् । सुरुमा त सबै सुरक्षित रहनुपर्छ भन्दै मैले पनि बिगत आठ महिना देखी दोहोरी साँझ बन्द गरेको छु ।’
न्यौपानेका एक छोरा र एक छोरी अहिले दुबैजना देश बाहिर रहेकाले श्रीमान श्रीमती मात्रै घरमा हुनुहुन्छ । अहिलेसम्म हजार बढी गीत गाउनु भएका गायक न्यौपानेका दर्जनौं गीत दर्शक तथा स्रोताको मनमुटुमा बसेका छन् । उहाँले गाएका गीत मध्ये ‘ऐना हेरेर, मिर्मि मुनी काली थुनेको, पूर्वैमा झ्याल राखे, ढुंगे धारामा, चिन्ता बढ्यो झन्, सरर पानी घट्टामा, मोहनी तिम्रो बोलीमा, घाम जस्तो चम्किलो जुन हुँदैन, बुटवल हुँदै तुल्सिपुरैमा, मायाले मार्यो, मौरी घुम्यो फुलको रसैमा, डाँडै काट्म भो, रुन्छनि मन किन रुँदैन’ लगायतका गीत निकै हिट गीत हुन् ।
पछिल्लो समय नयाँ पुस्तामाझ पुरुषोत्तम न्यौपाने कता हराए भन्नेहरुका लागी केहि नयाँ पनका गीत ल्याउने तयारीमा रहेको उहाँले बताउनुभयो । दर्शक तथा स्रोताका लागी छिट्टै नयाँ गीत सार्वजनिक गर्ने उहाँको भनाई छ ।
Video: https://www.youtube.com/watch?v=AGPj8nquQo0&t=1s
(यो समाचार आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ)
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक सुमन केसीको स्वरमा नयाँ गीत बिन्ती
January 17, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: